• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

अघोरी बाबाकी श्रीमती ठगी आरोपमा पक्राउ

काठमाडौं । एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा 'अघोरी बाबा' की श्रीमती शारदा पाण्डे पक्राउ परेकी छन् । 

 

पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेश बहादुर सिहं बताए । 

 

आइतबार बौद्ध प्रहरीमा एक महिलाले अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डे विरुद्ध  उजुरी दिएकी थिइन्। उनलाई महानगरीय प्रहरी वृत बौद्धबाट हरीले पक्राउ गरेको हो । 

 

अघोरी बाबा र पाण्डेको केही महिनाअघि विवाह भउको थियो। पाण्डेलाई अनुसन्धानको लागि बोलाएपछि अघोरी बाबा प्रहरी चौकी पुगेका थिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार