• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै, चारदिन रिङरोडभित्र ठूला सवारी चलाउन रोक

काठमाडौं । आज (मंगलबार) देखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चार दिन रिङरोडभित्र ठूला सवारी नचलाउन अनुरोध गरेको छ ।

 

तीन दिने नेपाल भ्रमणको सिलसिलामा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउन लागेको हुँदा ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन प्रहरीले अनुरोध गरेको हो । साथै वैकल्पिक सडकको प्रयोग गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 

बंगलादेशका राष्ट्रपति हमिद तीन दिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार