• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

रौतहट बम बिस्फोटका प्रत्यक्षदर्शीले फेरे बयान, भन्छन् - बम होइन, स्टोभ पड्केर घाइते भएको हुँ

रौतहट । २३ जनालाई ज्युँदै इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा मोहम्मद आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको बेला प्रत्यक्षदर्शीले एकपछि अर्को गरी बयान फेर्न थालेका छन्।

 

घटनाका प्रत्यक्षदर्शीका घाइते भारतीय नागरिक गौरीशंकर राम चमारले सोमबार बयान फेर्दै यसअघि प्रहरीको दबाबमा आफूले बयान दिएको बताएका हुन् । चमारले प्रहरी समक्ष बयान फेर्दै भनेका छन्, ‘प्रहरीले यातना दिएर, करकारपमा त्यसो भनेको हुँ।’ उनले पहिले बम पड्केको घटना आफूले देखेको बयान दिएका थिए। तर पछि उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात अदालतमा पेस गरेका छन्।

 

न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला उनीविरुद्ध बयान दिने भनिएका चमारले बम विस्फोटबारे आफूलाई कुनै जानकारी नभएको बताए। बयान फेरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजपुरमा भएको बम विस्फोटमा घाइते भएको सरकारी साक्षी हुन्, चमार। 

 

यसअघि विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन्। २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम प्रहरी हिरासतमा छन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार