• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

डा. केसीलाई लिन गएको सेनाको हेलिकप्टर रित्तै फर्कियो

काठमाडौं । अनशनरत डा. गोविन्द केसीलाई लिन गएको सेनाको हेलिकप्टर रित्तै फर्किएको छ । डा. केसीलाई ल्याउन भनेर बिहान ८ बजे डडेलधुरा पुगेको हेलिकप्टर दिउँसो २ बजे सुर्खेत फर्किएको हो ।

 

डा. केसीले आफ्नो माग पूरा नभएसम्म काठमाडौं नजाने  र स्थानीयले समेत उनको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो । आइतबार डडेलधुरा अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भीर भएको विज्ञप्ति जारी गरेको थियो । 

 

उनले आफूलाई हेलिकप्टरमा काठमाडौं लैजानुभन्दा बरू माग पूरा गर्नुपर्ने बताएका थिए । आज केसी अनशन बसेको ८ दिन पुगेको छ ।  कात्तिक १८ गतेदेखि अनशन बसेका केसीको यो १७औं अनशन हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार