• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

सागको लागी फुटबल टोली घोषणा : रोहित, नवयुग र किरण परेनन्

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलका लागि यु–२३ राष्ट्रिय टिम घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समावेश गर्दै २० सदस्यीय टोली घोषणा गरेका हुन् ।  

 

टोलीमा सिनियर टोलीका भरपर्दा खेलाडी कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द परेनन् । रोहित इन्डोनेसियामा तथा किरण भारतमा व्यावसायिक लिग खेलिरहेका छन् । दक्षिण एसियाली खेलकुद फिफा मितिमा नपरेका कारण यी खेलाडी समावेश नभएका हुन् ।

 

आगामी मंसिर १५ देखि हुने सागको पुरुष फुटबलको खेल दशरथ रंगशालामा हुने कार्यक्रम छ।  टोलीमा गोलकिपरमा विकेशसँगै अर्पण कार्की र दिप कार्की छन् । डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ र क्षिरिङ गुरुङ छन् ।

 

मिडफिल्डमा सुजल श्रेष्ठसँगै सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाम्बे र तेज तामाङ छन् । फर्वाडमा विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिब सुब्बा र अन्जन बिष्ट रहेका छन्  । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार