• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

नेकपा अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अमृत बोहोरालाई केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा चयन गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंग्याएको हो ।  

 

बैठकले अनुशासन आयोगको सचिवमा अशोक रोकायालाई जिम्मेवारी दिने निर्णय गरेको छ। यसैगरी केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल चयन भएका छन्।

 

त्यस्तै केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा छानिएका छन् ।

 

ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई छानिएको छ ।  नेकपाले प्रवास संगठन भने अझै टुंग्याएको छैन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार