• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध हुने खेलमा नेपालले भुटानको चाङ्गलिमिथाग्ङ रंगशालालाई घरेलु मैदानका रुपमा प्रयोग गर्ने भएको छ। 

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको छ । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते हुनेछ ।

 

दशरथ रंगशालामा खेल्न नपाउने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीमा कुवेतसँगको खेल भुटानमा खेल्न प्रस्ताव गरिरहेको थियो । त्यसमा कुवेतले भने आफ्नै मैदानमा खेल गराउन पहल गरिरहेको थियो ।

 

कुवेतले भुटानमा खेल्न समस्या हुने बताइरहे पनि एएफसीले स्वीकृति दिएसँगै खेल भुटानमा हुने पक्का भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।  सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह 'बी' मा रहेको छ ।

 

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो ।

 

दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्यो । यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार