• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

रुप ज्योति र छोरी सुरुचीलाई थप ५ दिन  थुनामा राख्न अदालतको आदेश

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थराज्यमन्त्री  तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचिलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। 

 

आइतबार जिल्ला अदालत काठमाडौंले छोरी सुरुचिसहित रुप ज्योतिलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो।  यसअघि उनलाई अदालतले तीन दिनको म्याद दिएको थियो ।बाँसबारीमा रहेको एउटा जग्गामा देखिएको विवादमा रुपज्योति र उनकी छोरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीको लगानी रहेको ल्याण्डमार्क कम्पनीले तयार पारेको हाउजिङ विवादका कारण ज्योति समूहका सदस्यहरुसहितलाई पक्राउ पुर्जी जारी गरिएको पाइएको छ ।

 

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए। उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो। त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार