• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

कात्तिक २९ र ३० गते शाकाहारी सम्मेलन हुँदै

काठमाडौं । बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा  कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । 

 

साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम  संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

 

सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूको उपस्थितिका लागि उनले आग्रह गरे ।  चौधरीले विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने बताए ।  उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ । 

 

कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढी भक्तजनहरुको सहभागिता रहनेछ । सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष कन्हैयालाल गुप्ता, नेपालका प्रचारक राजेश सोनी, सल्लाहकार श्यामसुन्दर पन्तले सम्मेलनबारेमा प्रकाश पारेका थिए  । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार