• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

नेपाललाई एमसीसीको १९० रनको लक्ष्य

काठमाडौं । मेरिलेबोन क्रिकेट क्बल एमसीसीले नेपालको मिश्रीत टोलीलाई टि ट्वान्टी खेलमा १ सय ९० रनको लक्ष्य दिएको छ ।

 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनाएको हो । एमसीसीका लागि बिली गोडलम्यानले ३० बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए ।

 

विल्ली गोडलम्यान अर्धशतक बनाएर आउट भए । उनलाई रशिद खानले आफ्नो तेस्रो विकेटको रुपमा ५४ रनमा आउट गराएका थिए । विल भान्डस्पर ४ रन बनाएर आउट भए ।  त्यस्तै राशिद खानले १२ ओभरको तेस्रो बलमा लङअफमा भिम सार्कीबाट उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए । त्यस्तै एड योङले ४२ रनमा क्याच आउट भए ।

 

कप्तान जिम्मी एड्म्सले ५ रन बनाएर  रशिद खानले क्याच आउट गराएका थिए । रशिदको बलमा कुशल भुर्तेलले क्याच आउट गराएका थिए ।  विल रोर्डस १ रनमा पेवेलियन फर्किए । उनलाई जितेन्द्र मुखियाले क्याच आउट गराएका थिए । सुसन भारीले १५ ओभरको पहिलो बलमा कुशलबाट विल भानडसपारलाई ४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए ।

 

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरीले ४ ओभरमा ४८ रन १ विकेट । जितेन्द्र सिंह मुखियाले ४ ओभरमा ५५ रन १ विकेट लिए । सुसन भारीले ४ ओभर १५ रन १ विकेट लिए । अभिनास बोहोराको नाममा १ विकेट रह्यो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार