• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

‘प्रेम गीत ३’ को छायांकन सुरु

काठमाडौं ।  चलचित्र  ‘प्रेमगीत ३’ को छायाँकन सुरु गरिएको छ । प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका रहको चलचित्रको शुक्रबार  दक्षिणकाली मन्दिरमा शुभमुर्हुत गरिएको हो ।

 

शुभमुहुर्तमा चलचित्रका निर्माता निर्देशक सन्तोष सेन, छेतन गुरुङ, कलाकार प्रदीप खड्का, मनिष राउत क्रिस्टिना गुरुङ, अनुभव रेग्मी लगायत उपस्थित थिए ।

 

सन्तोष सेन र छेतन गुरुङले निर्देशन गरेको चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहने छ ।

 

चलचित्रलाई निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेका हुन । आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुन चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ ।

 

राजेश श्रेष्ठले खिच्ने चलचित्रलाई बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन गरेका छन् भने चलचित्र चैत २८ गते देखि प्रर्दशनमा आउनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार