• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

‘मेरो जीवनमा सायद म यही डेढ महिना बढी रोएँ’

आँसु के हो ?
अधिक प्रेम वा पीडाबाट व्यक्त हुने बिम्ब हो आँसु ।


पहिलो पटक आँसु आएको बेला ?
‘चम्किलो रातो तारा’ उपन्यासको पात्र ‘तुङ च’ ले अधिक दु:ख पाउँदा दु:ख को र अन्त्यमा उसले रातो तारा लाउन पाउँदा अधिक खुशीको । जतिबेला म पाँच कक्षामा पढ्थेँ । 


आँसु आउँदा कस्तो महशुस हुन्छ ?
पीडा भए बगिजाँदै छ र खुशीमा भए केही उत्प्रेरणा मिल्दै भन्ने लाग्छ । 


के कुराले तपाईलाई झर्झर आँसु आउँछ ?
अचेल त जब ‘पहिचान’ का आन्दोलनरत समूहका नेता, कार्यकर्ता आफू आफूमा पानीखेदो गरागर गर्छन् । मैले बढी नै केयर गरेका मानिसहरू अरु अरु कुराकै बहकावमा लागेर मेरै उछितो काढ्न बढी नै लागि पर्छन् । रोइहाल्दो रहेछु ।


सबैभन्दा ज्यादा आँसु आएको समय ?
मेरो जीवनमा सायद म यही डेढ महिना बढी रोएँ । म समूह रुचाउने मान्छे । तर, यो समय जब्बर बिरामी भएँ । हस्पिटल धाइरहनु पर्यो । म एक्लै धाइरहेँ । एक्लै ल्याबमा जा, एक्लै रिपोर्ट लि, एक्लै लाइनमा बस, यी भोग्दा म त परिवार, साथीभाई, आफन्तबिहीन नितान्त एक्लो भइसकेछु भन्ने फिलले टिचिङ हस्पिटल कै पछाडि पट्टि कुनामा बसेर धेरै पल्ट घ्वाँ घ्वाँ नै रोएको छु । 


आँसु किन आउँछ ?
आँसु हृदयको कतै कुनामा तीव्र आवेग भरिँदा नै आउँछ होला, दु:ख र खुशी दुवैमा । 


आँसु आएको बेला कसले तपाईलाई ढाढस दिन्छ ?
मेरै आन्दोलन र पहिचानको लडाइँ सम्झेपछि म रुन छाड्छु । आँसु थाम्छु ।


आँसु र खुशीमा के फरक छ ? 
आँसु केही गुमाउँदा नै अलि बढी सक्रीय हुन्छ, खुशी त प्राप्तिमा होइने हो क्यारे ।


कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
धेरैबेर त रुदिनँ होला । आफ्नो आन्दोलन र अभियान सम्झिहाल्छु । अनि रोकिइजान्छु ।


माया–प्रेम मा कतिपटक आँसु आयो ?
पटक पटक । नगनूम् !
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार