• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

अब सम्झनामा मात्र फिल्म ‘शोले’ का यी लोकेसन

मुम्बई । बलिउड फिल्म ‘शोले’ जसले हेरेको छ उसले फिल्म कि नायिका बसन्ती (हेमा मालिनी) को अभिनय पक्कै बिर्सेको छैन । फिल्मको एउटा सिनमा उनले भगवान शिवलाई राम्रो श्रीमान पाउँ भनेर प्रार्थना गरेकी हुन्छिन्, जसलाई अहिले पनि धेरैले सम्झन्छन् ।

 

यस्तै नायक वीरु (धर्मेन्द्र) ले गरेको अभिनय पनि हत्तपत बिर्सन सकिन् । यही सिनमा उनी मुर्ती पछाडि लुकिरहेका हुन्छन् र भगवान शिवको आवाज निकालेर बसन्तीलाई जबाफ दिइरहेका हुन्छन् । यही सिनलाई एकपटक फेरी हेर्न जरुरी छ किनकी त्यतिबेला जहाँ मन्दिरको सेट बनाइएको थियो  अब त्यहाँ ‘विकासे’ कामहरु सुरु हुने भएको छ । 

 

 

वास्तवमा राष्ट्रिय राजमार्ग २७५ जसलाई बैगलोर (मैसूर राजमार्गको नामले पनि चिनिन्छ, अब त्यहाँ यही राजमार्गको लागि बाइपास निर्माण गरिने भएको छ, जुन रामनगरको आसपास हुनेछ ।

 

कर्नाटकको रामनगर जुन चट्टानै चट्टानले घेरिएको छ त्यो ठाउँमा निर्माता रमेश सिप्पीले आफ्नो ब्लक बस्टर फिल्म ‘शोले’ को शूटिंग गरेका थिए र फिल्ममा संजीव कुमार, अमिताभ बच्चन, अमजद खान र जया बच्चन थिए । यही फिल्मबाट अमजद खान अर्थात गब्बर सिंहले हिरो जतिकै प्रचार कमाएका थिए । उनी मरेर गएपनि उनको अभिनयलाई अहिले पनि धेरैले सम्झन्छन् । 
 

 

भाई यती धेरै सुनसान किन ? 
फिल्म ‘शोलेमा’ सलीम–जावेदको जोडीले लेखेको रहीम चाचा (एके हंगल) को लोकप्रिय डाइलग हामी बिसंन सक्दैनौं । (‘इतना सन्नाटा क्यों है भाई') ? सायद यो डाइलग नै फिल्मको मूल सम्झना थियो होला । यो डाइलग पनि सम्झन आवश्यक छ, किनकि अब त्यस क्षेत्र धेरै सुनसान हुने डर छ किनकी अब त्यहाँ लामो पखेटा भएको गिद्ध, हिमालयन ग्रिफिन र इजिप्सियन गिद्ध आउने छैनन् । 

 

गुँड लगाउने मौसममा, यी चराहरूले टाढा टाढा ठाउँबाट यहाँ रहेको रामदेवरा बेट्टा गिद्ध अभयारणमा आएर अण्डा दिने गर्थे जुने एक संवेदनशील क्षेत्र थियो । कर्नाटक भल्चर ट्रस्टका शशी कुमार बी ले पनि आफ्नो विचार राख्दै भने, ‘सामान्यतया यी चराहरू नोभेम्बरदेखि मार्चको बीचमा आउँछन् । विगतका केही वर्षहरूमा विभिन्न कारणले गर्दा यहाँ आउने चराहरूको संख्या घट्दै गएको छ । यदि सडक बनाउनको लागि विस्फोटहरू यसरी नै गरिराख्यौ भने, ती चराहरू यहाँ आएर अण्डा दिने छैनन् र आफ्नो गुड पनि बनाउने छैनन् ।’

 

 

पर्यावरण संवेदनशील क्षेत्रले बाइपास सडक बनाउनको लागि चट्टानका क्षेत्रमा विस्फोट गर्न प्रतिबन्ध लगाएको छ भन्ने कुरा त्यहाँका वन अधिकारीले पुष्टि गरे । रेन्ज वन अधिकारी ए एल दालेशले भने ‘यहाँ कुनै विस्फोट भएको छैन । ठेकेदारहरूले राजमार्गहरू निर्माण गर्न विशेष उपकरण सहित चट्टानहरू काटिरहेका छन् र यस क्षेत्रमा विस्फोटहरू पूर्ण रूपमा प्रतिबन्धित छन् ।’

 

तर जहाँ सडक निर्माण भइरहेको छ, यसको नजिकै एउटा बोर्ड राखिएको छ, जसमा स्थानीय मानिसहरूलाई सचेत गराउन लेखिएको छ कि यहाँ वरपर विस्फोट हुन सक्छ । र केही स्थानीय सामाजिक कार्यकर्ताहरूले भनेका छन् कि यहाँ विस्फोटहरू भइरहेको छ ।

 

नाम नछाप्ने सर्तमा रामनगर जिल्लाका एक पूर्व अधिकारीले भने, ‘विस्फोट हुनसक्ने कुरामा मानिसहरु अलमलमा परेका छन् । कहाँ कतिबेला बिस्फोट हुन्छ भन्ने केहि थाहा छैन । यस वर्ष केन्द्रीय कानुनमा पर्यावरण संवेदनशील क्षेत्रको एक किलोमिटरको दायरा भित्र विस्फोटनमा प्रतिबन्धित हुनेछ भनेर संशोधन गरिएको छ । यो भन्दा पहिला यो दायरा १० किलोमिटर थियो र राज्यको सरकारले यसबारे केही गर्न सकेको छैन ।’

 

 

अचम्मको कुरा, सन् २००० सम्म रामदेवरा बेट्टा गिद्ध अभयारण वरपरको क्षेत्रलाई पर्यावरण संवेदनशील क्षेत्र घोषणा गरिएको थियो । त्यतिन्जेल कर्नाटक र देशका अन्य भागबाट धेरै पर्यटक तीन हेक्टरमा रहेको जमिनमा आउँथे जहाँ फिल्मको सुटिङ हुन्थ्यो । केही मानिस त्यहाँ गए र गब्बर सिंह जस्तै हिँड्ने र उनको नक्कल पनि गर्न भ्याय ।

 

वातावरणीय सहयोग समूहका ट्रस्टी सिंह सलदान्का भन्छन्, ‘सन् २००० मा रामदेवरा बेट्टा गिद्ध अभयारणलाई सुरक्षित क्षेत्र घोषित गरियो, किनकी सरकार अंडीकुंडीलाई बियर सेन्चुरी बनाउन सहमत थियो । अंडीकुंडी राजमार्गको देब्रेतिर बैंगलोरबाट मैसूर जाँदा रामदेवरा बेट्टा दायाँ पट्टि पर्छ ।’ उनी भन्छन्, ‘तर यस वर्षको सुरुमा केन्द्रीय पर्यावरण मन्त्रालयले १० किलोमिटरको परिधी नियम घटाएर एक किलोमिटर बनायो । त्यसबेला देखि लोपान्मुख वन्यजन्तु प्रजातिलाई खतरा भएको छ । वन्यजन्तु अभयारणको चार पर्खालमा ठ्याक्कै बस्न सक्छन् भन्ने हुँदैन ।’

 

यो सुन्दा अनौठो लाग्छ कि वन विभागले विगतका राज्य सरकारहरूलाई रामगढ़मा थिम पार्क निर्माण गर्नबाट रोकेको थियो । शोले फिल्ममा भने रामनगरको नाम रामगढ़ भनिएको छ ।

 

 

एक पूर्व जिल्ला अधिकारी, नाम गोप्य राख्ने सर्तमा भन्छन्, ‘यो अभयारणको नजिक नहुनु पर्ने थियो र यो १० किलोमिटर टाढा हुनुपर्ने थियो । हामी चाहन्थ्यौ कि फिल्म शोलेका केही लोकप्रिय दृश्यहरूको थ्रीडी प्रस्तुतीकरण देखाएपछि पर्यटकहरूलाई अभयारणमा लाने ।’ वन्यजन्तु क्षेत्र संरक्षणका लागि संघर्ष ,शोले र गिद्धको सम्झनाले तपाइलाई बलदेव सिंह र उनका सहकर्मी वीरु र जयको गब्बर सिंहसँगको युद्धको सम्झना आउँदैन ?

 

रामनगरको सबैभन्दा चाखलाग्दो कुरा भनेको फिल्म सुटिङको ४४ वर्ष हुँदा पनि बैंगलोर देखि मैसूर राजमार्ग हुँदै जाने मानिसहरूको सम्झनामा यो फिल्म अझै ताजै छ । फिल्म शोले र फिल्मप्रेमीहरु बीचको सम्बन्ध यती बलियो छ कि ‘योे मित्रता हामीे तोड्न छैनौं ।’ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार