• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

लिपुलेक बिवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ सीमा नक्साको बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन् । 

 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले भारतले जारी गरको नयाँ नक्सामा लिम्पीयाधुरा, कालापानी र लिपुलेक समावेश गरिएकोबारे छलफल गर्न शनिबार दिउँसो ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएको बताए ।

 

ओलीले यस विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरु तथा सरोकारवालालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार अर्यालले जानकारी दिए ।  सीमा मिचिदा पनि प्रधानमन्त्री मौन बसेको आरोप लागिरहेका बेला उनले सर्वपक्षी बैठक बोलाएका हुन् ।

 

नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएको भोलिपल्ट जवाफ फर्काउदै भारत सरकारले नयाँ नक्सामा नेपाल-भारत सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेको छ ।

 

बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय  राजदूत मञ्‍जिवसिंह पुरीलाई टेलिफोन गरी कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमिको भएको तथ्य स्मरण गराएका थिए । 

 

नेकपा कै केही नेताहरुले यसबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, सत्तारुढ पार्टी नेकपाले भने यस विषयमा आधिकारिक धारण सार्वजनिक गरेको छैन । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार