• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

फ्राइडे रिलिज : ‘घामड शेरे’  र  ‘जीवन काँडा कि फूल’

काठमाडौं ।  आज (शुक्रवार) हेमराज विसी निर्देशित चलचित्र  ‘घामड शेरे’ र सहित्यकार झमक घिमिरेको बायोपिक चलचित्र  ‘जीवन काँडा कि फूल’  देशैभर प्रदर्शनमा आएको छ । 

 

'घामड शेरे’ कात्तिक ८ गते प्रदर्शन हुने भनिए पनि अन्तिम समयमा आएर आजका लागि सरेको थियो । हेमराज बिसीको कथा लेखन तथा निर्देशन रहेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । 

 

चलचित्रको कथा  विदेशबाट आफनो देश आएको  ‘शेरे’ पात्र (निश्चल बस्नेत) को वरिपरि घुमेको छ, जो गाउँमा तरकारी खेती गर्ने सपना पालेर स्वदेश फर्किन्छ । तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोलालाई नै मुद्धा हाल्छ ।

 

चलचित्रमा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा देखिएका छन् भने निश्चलको श्रीमतीको भूमिका सुष्मा निरौला रहेकी छिन् । गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ । 

 

यस्तै आज प्रदर्शनमा आएको अर्को चलचित्र ‘जीवन काँडा कि फूल’ लाई विनोद विष्ट निर्देशन गरेका हुन । चलचित्रमा झमक घिमिरेको बाल्यकालदेखि हालसम्मको अरोह-अवरोहलाई देखाइएको छ । झमक स्वंमले लेखेको पुस्तक ‘जीवन काँडा कि फूल’ माथि आधारित भएर यो चलचित्र बनाइएको हो । 

 

चलचित्रमा अवस्था थापा, रोजिता बुद्धचार्य, स्वीकृति शर्मा,  सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतको अभिनय रहेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार