• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

भक्तपुरमा क्यूएफएक्सको मल्टिप्लेक्स सुरु

भक्तपुर । क्यूएफक्सले भक्तपुरको भाटभटेनी सुपरमार्केट थिमीमा पहिलो मल्टिप्लेक्स सुरु गरेको छ । उक्त मल्टिप्लेक्स भाटभटेनी सुपरमार्केटको पाँचौ तल्लामा रहेको छ । 

 

रिगल सिनेमा प्रा.लि को लगानी र टीम क्वेस्टको क्यूएफएक्स मल्टिप्लेक्समा व्यवस्थापन छ । अडियो र भिडियोको गुणस्तरलाई अझै बढि ध्यान दिइएको रिगल सिनेमाले जनाएको छ । मल्टिप्लेक्समा डेप्थ क्यू र ३ वटा स्क्रिनमा डल्बी ऐटमोसको साउन्ड सिस्टम जडान गरिएको छ । पिक्चर क्वालिटीको लागि क्रिस्टी प्रोजेक्शन जडान गरिएको छ । 

 

क्यूएफएक्सले यसमा पहिलो पटक रिकलाइनर सीटहरु राखेका छन् । कूल ७०२ सिट क्षमता रहेकोमा ४० रिकलाइनर सिटको व्यवस्था गरिएको छ ।

 

यो सँगै भक्तपुरमा थपेको ३ नयाँ स्क्रिन सहित अव कयूएफएक्सको नेपालमा  २३ स्क्रिनहरु भएका छन् ।  अव रिगलले बुटवल र विराटनगरको भाटभटेनीमा २–२ शाखा विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार