• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजा आराधनासँगै एकादशी मनाइँदै छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।

 

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठेको कुरा पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यस दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताइन्छ ।

 

तुलसी शुद्धता तथा पवित्रताको रुपमा परिचित छ। यसका अनेकौ औषधीय गुणहरुले पनि तुलसी हिन्दु तथा अन्य धर्मावलम्भीहरु माझ परिचित छ। हिन्दुग्रन्थहरुमा तुलसीलाइ देवी लक्ष्मीको अवतार भनेर विश्वास गरिन्छ । कतिपय हिन्दु अनुयायीहरुमा तुलसीको मन्जरी अति आवश्यक मानिन्छ । खाना खानु अघि मन्जरीलाई खानामा हाली भगवानलाई भोग लगाउने चलन छ।

 

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ९विष्णु० को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार