• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालको पहिलो घरेलु खेल दशरथ रंगशालामा नहुने भएको छ ।

 

नेपाल र कुवेतबीचको अवे खेल मंसिर ३ गतेका लागि दशरथ रंगशालामा तय थियो । तर, पुनः निर्माण भईरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तय नहुँदा नेपाल र कुवेतको खेल नहुने भएको हो ।

 

एसियाली फुटबल महासंघ ९एएफसी० को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको हो ।

 

नेपालले यसअघिको खेलमा कुवेतसँग ७-० को हार व्यहोरेको थियो । चाइनिज ताइपेइमाथि २-० को जित निकालेको नेपालले अस्ट्रेलियासँग ५-० तथा जोर्डनसँग ३-० ले पराजय भोगेको थियो । 

 

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार