• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

घिमिरे र भण्डारीलाई दधिराज पुरस्कार 

बिराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार पुरस्कार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।

 

चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. विष्णुविभु घिमिरेलाई र पचीस हजार पुरस्कार राशीको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ तीनदशक भन्दा बढी समयदेखि मोफसलमा रही पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएकाले पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

 

साहित्यकार घिमिरेका कठघरामा उभिएर (कविता), काँडाकाँडामा टेकेर (कविता), सडकनाटकका पाँच वर्ष (समीक्षा)संग्रहहरु प्रकाशित छन् भने उनी सुरुचि, गरिमा, विमोचन जस्ता प्रसिद्ध पत्रिकाहरुका सम्पादकसमेत भै सकेका छ्न । पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका प्रधान सम्पादक हुन् ।

 

यसअघि उक्त पुरस्कार साहित्यकारहरू, प्रा. डा.गोविन्दराज भट्टराई , प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल र पत्रकारत्रय हरिबहादुर थापा, शिववहादुर कार्की र किशोर नेपाललाई प्रदान गरिएको थियो ।

 

प्राज्ञ सुवेदीका छोरा शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू.पन्ध्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार आगामी फागुन महिनामा समर्पण गरिने छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार