• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

निर्मला पन्त प्रकरण : डिएनएलाई प्रमाण मान्न नमिल्ने

काठमाडौं । कन्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घट्नाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ ।

 

निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थ वीर्य हो या होइन भन्ने पुष्टी नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ ।

 

गत भदौ १३ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको वीर्य ‘भेरिफाई’ नै गर्न नसकिने उल्लेख छ ।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार