• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

काठमाडौं ।  मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । 

 

कांग्रेसले कास्की, बाग्लुङ, दाङ, भक्तपुरमा हुने प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचन उठ्ने उम्मेदवारको टुंगो लगाएको हो। बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो ।

 

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कास्की क्षेत्र नम्बर २ बाट खेमराज पौडेललाई उठाउने टुंगो लगाएको छ ।

 

यस्तै  प्रदेशसभा निर्वाचनका लागि बाग्लुङ २ (ख) मा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ (ख) मा केशव आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को (क) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निधो गरिएको शर्माले बताए ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार