• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

'भारतले सिमा मिच्ने, केपी ओली टुलुटुलु हेर्ने' भन्दै सडकमा उत्रियो नेबिसंघ

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।

 

नेविसंघकाले काठमाडौंस्थित् भारतीय दुतावास छिर्ने एम्बासडर होटल आसपासमा विरोध प्रर्दशन गरेका थिए । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, भारतले सिमा मिच्ने, केपी ओली टुलुटुलु हेर्ने’ लगायतका चर्का नारा लगाएका थिए ।

 

नेविसंघका कार्यकताहरुले तत्काल भारतले उक्त नक्सा सच्चाउनुपर्ने भन्दै नारावाजी गरेका थिए । प्रदर्शनपछि काठमाडौको माइतीघरमा उनीहरु कोणसभा गरेका थिए । 

 

भारतले यसअघि जम्मु कस्मिरलाई दुई केन्द्रसित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार