• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

डा.केसीको स्वास्थ्य बिग्रँदै,अस्पताल सार्ने तयारी

काठमाडौं । ७ बुँदे माग राख्दै डडेलधुरामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

 

सोमबारदेखि १७औं चरणको सत्याग्रह सुरु गरेका केसीको रक्तचाप अनियमित हुन थालेको चिकित्सकहरुले जनाएका छन्। स्वास्थ्यमा समस्या देखिन थालेपछि बुधबार बिहान उनको स्वास्थ्य जाँच गरिएको थियो।

 

आज बिहान मात्रै दुई पटक उनको स्वास्थ्य जाँच गरिएको छ। उनको रक्तचाप तलमाथि भइरहेको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जितेन्द्र कँडेलले बताए। 

 

उनी डडेलधुरा अस्पतालनजिकै अनशन बसिरहेका छन्। रक्तचाप अनियमित हुन थालेपछि उनलाई अस्पताल सार्ने तयारी भइरहेको बताइएको छ। चिसो कोठा र मौसमका कारण उनको स्वास्थ्यमा बढी असर परेको चिकित्सकहरुले जनाएका छन्। उनले थालेको अनसन कक्षामा पुगेर समर्थन जनाउनेको संख्या १ सय ९० पुगेको छ। 

 

मंगलबार सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले कार्यकर्तासहित अनसनरत डा। केसीलाई भेटेर उनको सत्याग्रहप्रति एकेबद्धता जनाएका छन्। उनले डा। केसीलाई भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार