• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

कास्की क्षेत्र २ मा कांग्रेसबाट पौडेलले पाए टिकट

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र २ बाट नेपाली कांग्रेसले खेमराज पौडेलको नाममा सहमति गरेको छ। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको कांग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए । 

 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवार छान्न ढिलाइ भएपछि सभापति देउवालाई जिम्मेवारी दिएको थियो।

 

केन्द्रीय सदस्य धनराज गुरुङले कास्की–२ को उम्मेवारमा आफ्नो दाबी नरहेको पार्टी पदाधिकारी बैठकमा जानकारी गराएपछि पौडेलले टिकटमा पाएका हुन । टिकटका लागि वीरेन्द्र बिजुक्छे,देवराज चालिसेलगायत नेताहरुको चर्चा थियो।

 

७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् ।  लामो समय पोखराको प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा अँगालेका उनले शिक्षण पेसाबाट अलग्एिपछि भने कास्की काँग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार