• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

महराले मलाई ढाँटे : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई सही कुरा नबताएको खुलासा गरे ।

 

प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले बलात्कार काण्डका विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ति गरेको टिप्पणी गरेका हुन् । प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’

 

उनले महराले जर्बजस्ती गरेको घटना बाहिर आएपछि आफूले यसबारे तथ्य बुझ्न पठाउँदा महराले सही कुरा नबताएको खुलासा गरेका हुन् । उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ।

 

महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने समेत उनले बताए । संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा छन् । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार