• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

जिउँदै मानिस जलाउने आलमसहित ११ विरुद्ध मुद्दा, ४५ वर्ष कैद सजाय माग

जनकपुर । प्रतिनिधिसभाका निलम्बित सांसद अफताब आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय रौतहटले गरेको छ।

 

रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दर्ता भएको छ  । 

 

आलमविरुद्ध सरकारी वकिल कार्यालयले तीन वटा मुद्दामा ३२ वर्ष कैद मागदावी गर्दै रौतहट जिल्ला अदालतमा अभियोगपत्र पेश गरेको हो। कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फोटमा २ वर्ष कैद माग दावी गरिएको छ।

 

जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्ने समेत ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरेका थिए ।  

 

पूर्वमन्त्रीसमेत रहेका आलमसहित उनका भाई महताब आलम, सहयोगीहरु मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिबादी बनाइएको छ। 

 

आलम बाहेक अरु सबै फरार छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार