• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

चलचित्र ‘क्वाथा’ को लागी सुनील थापा पक्कापक्की भएपनि केही कागजी काम भने बाँकि

काठमाडौं । बलिउड चलचित्र ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका अभिनेता सुनील थापा सलमान खान प्रोडक्सनको चलचित्र ‘क्वाथा’ मा देखिने भएका कुरा पक्कापक्की भए पनि दुईपक्ष बिच सम्झौतापत्रमा साइन भने भईनसकेको बुझिएको छ ।  ।

 

चलचित्रमा अभिनय गर्ने मोटामोटी कुरा भइसकेको तर दुई पक्षबिच चलचित्रको बारेमा सम्झौतापत्रमा साइन भने हुन बाँकि रहेको अभिनेता सुनिल थापाले फ्रेसन्युज नेपाललाई बताए । 

 

चलचित्रमा अभिनेता थापा मणिपुर राज्यको एउटा गाउँको मुखियाको भूमिकामा देखिनेछन् । नेपाली चलचित्रहरु खलपात्रको भुमिकामा देखिएका थापा यस चलचित्रमा भने आफु सकारात्मक भुमिकामा देखिन लागेको बताउँछन् ।  चलचित्रमा सलमान खानले भने अभिनय गर्ने छैनन् ।  ‘क्वाथा’ लाई करण भुटानीले निर्देशन गर्नेछन् । 

 

 ‘क्वाथा’ मार्फत बलिउड अभिनेत्री कैटरिना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्दैछिन् भने मुख्य भूमिका सलमानका ज्वाईं आयुष शर्माको रहनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार