• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘१२ सत्ताइस’ को  ‘फस्टलुक’ पोस्टरमा पाँच पुरुष एक महिला 

काठमाडौं । चलचित्र  ‘१२ सत्ताइस’को ‘फस्टलुक’ पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर आइतबार  ‘१२ सत्ताइस’ निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको हो ।

 

चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका छन् । उनको यो ‘डेब्यु’ निर्देशन हो । फस्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्रहरूलाई देखाइएको छ ।

 

समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

 

समसामयिक विषयवस्तु समेटिएको चलचित्रलाई ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनले निर्माण गर्न लागेको हो । चलचित्र मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार