• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ । 

 

सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज २ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार रुपैयामै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (आइतबार) भने तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसको मतलब छापावाल सुनमा झैं तेजाबी सुनमा पनि प्रतितोला २ सय रुपैयाँ घटेको छ ।

 

महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमै कारोबार भइरहेको छ । यो भाउ गएको शुक्रबार यता स्थिर हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार