• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सौराहमा सिद्धार्थ समुहको रिर्सोट सुरु

चितवन । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको चितवनको सौराहमा पनि सेवा सुरु गरेको छ ।

 

सेन्टर पार्क रिर्सोटसँग व्यवसायिक साझेदारी गरी सेवा सुरु गरिएको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

 

करिब २ विद्या क्षेत्रफलमा रहेको रिर्सोटमा ४७ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, गार्डेन, सेमिनारका लागि २ वटा हलहरु रहेका छन् । रिर्सोटले पर्यटहकहरुका लागि जंगल सफारी, सांगेतिक कार्यक्रममार्फत सेवा मनोरञ्जलगायतका सेवाहरु प्रदान गर्ने  कार्यकारी अधिकृत  न्यौपानेले बताए ।

 

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सहित चितवनको चुम्लिङटार, सुर्खेत र कर्णाली चिसापानीमा रिर्सोटहरु सञ्चालन गर्दै आएको छ । सिद्धार्थ ग्रुपको महेन्द्रनगर, टीकापुर , नेपालगन्ज, बुटबल र काठमाडौंमा सुबिधा सम्पन्न होटेल , रेष्टुरेन्ट , क्याफे गरी २३ वटा आउटलेटहरु सञ्चालनमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार