• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

‘म जीवनमा केवल एकपटक रोएको छु’

आँसु के हो ?
आँसु जीवनको समष्टि हो । किनकी आँसु दुई प्रकारका हुन्छन्– खुशीको आँसु र वेदनाको आँसु । 


पहिलो पटक आँसु आएको बेला ?
बाल्यकालमा हो भने त्यसको सम्झना छैन । हास्यव्यङग्यका सन्र्दभमा हल्का हाँसो बाहेक वेदनाले म जीवनमा केवल एकपटक रोएको छु– मेरो बुवाको मृत्यु हुँदा आर्यघाटमा । 


आँसु आउँदा कस्तो महशुस हुन्छ ?
आँसु आउँदा हलुंगो महशुस हुन्छ । 


के कुराले तपाईँलाई झर्झर आँसु आउँछ ?
आँसु कि खुशीले कि पिडाले आउने हो । मैले अघि नै भनिसके म केवल एकपटक मात्र रोएको छु । 


सबैभन्दा ज्यादा आँसु आएको समय ?
मेरो बुवाको देहान्त भएको बेला मलाई धेरै आँसु आएको थियो । 


आँसु किन आउँछ ?
आँसु आउनु भनेको आफुभित्र रहेको खुशी र वेदना अभिव्यक्त गर्ने प्राकृतिक नियम हो । 


आँसु आएको बेला कसले तपाईँलाई ढाढस दिन्छ ?
आफनो आत्मविश्वासले । 


आँसु र खुशीमा के फरक छ ?
खुशी मानिसको अनुभुती हो भने आँसु त्यसको प्रतिफल हो । 


कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
जबसम्म तपाईको अनुभुतीमा तीव्रता र गहिराइ रहिरहन्छ । 


मायाप्रेममा कतिपटक आँसु आयो ?
सुन्य पटक
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार