• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

सान्टियागोमा संकटकाल

सान्टियागो । सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । 

 

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका हुन् । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् ।

 

शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पुर्याएका छन् ।

 

प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् ।  मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल लागु गरिएको घोषणा गरे । उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागु हुने बताएका छन् । एएफपी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार