• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

सहयात्री मिलन केन्द्रको शुभकामना आदानप्रदान सम्पन्न

पोखरा । सहयात्री मिलन केन्द्र पोखराको आयोजनामा बडादसैं, शुभदीपावली, नेपाल संवत्, छठ लगायत चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

 

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा अधिवक्ता सुष्मा पौडेलले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । सामाजिक अभियन्ता समेत रहेकी पौडेलले सहयात्रीले समाजमा विभिन्न सेवा तथा  जागरणका कार्यक्रम आयोजना गर्दै टोल-छिमेकमा आत्मियता बढाउने कार्य गरेको भन्दै प्रशंसा गरिन् ।

 

उनले बल तथा प्राविधिक स्थान मेसिनरी सामानले ओगटे पनि दया, माया, करुणा र मानवीय भावना मानवले मात्र गर्न सक्ने हुँदा आत्मियता र मानवताको भावना मानिससँग मात्र हुने भएकोले परोपकारी भावना जागृत गर्नुपर्नेमा जोड दिइन् । सो क्रममा उनले सल्लाहकारलाई खादा तथा मालाले सम्मान गरेकी थिइन् ।

 

संस्थाका संरक्षक तथा विश्व हिन्दू  महासंघ कास्की अध्यक्ष पार्वती पौडेलले विभिन्न प्रलोभनमा मानिसहरु हिन्दूत्व भुल्दै गएको प्रति दुःख व्यक्त गर्दै स्वधर्म जागृत गर्न एकजुट हुनुपर्ने बताइन् । 

 

भवानी आमा समूहका अध्यक्ष सीता कुँवर र सहसचिव सपना कँुवरले सहयात्रीसंग भवानी आमा समूह  सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्वता जाहेर गरिन् । सल्लाहकार रुचिला पन्त र सपना कँुवरले संस्थालाई सहयोग गर्ने प्रतिबद्वता जाहेर गरेका थिए । संस्था अध्यक्ष नौलीश्री गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव सुमित्रा कुँवर र सञ्चालन उपाध्यक्ष एकता केसीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार