• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

गोंगबुमा 'आइएनआइ' सिनेमाज् सञ्चालनमा

काठमाडौं । काठमाडौंको गोंगबुमा नयाँ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । शुक्रबारदेखि गोंगबुको कर्माचार्य कम्पेक्स भित्र 'आइएनआइ सिनेमाज' नामक नयाँ मल्टीप्लेक्स सञ्चालनमा आएको हो । 

 

३३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन् । हल वानमा १८१ र हल टुमा १५४ सिट क्षमता छ । जीडीसी सर्भर जोडिएको हलमा थ्रीडी सिस्टम पनि जडान छ ।

 

शुक्रवार हलको ओपनिङमा गरिएको थियो । ओपनिङमा विभिन्न कलाकार, निर्देशक तथा पत्रकारको उपस्थिती थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार