• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

यी हुन कात्तिक महिनामा प्रदर्शनमा आउने चलचित्र

डा. सिके राउत
स्वतन्त्र मधेसको एजेण्डा छाडेर मूलधारको राजनीतिमा आएका जनमत पार्टीका संयोजक डा. सिके राउतको जीवनीमा आधारित रहेर चलचित्र  ‘डा. सिके राउत : द प्यासन’ प्रदर्शनमा आउने भएको छ ।

 

सन्तोष साहले निर्देशन गरेका  चलचित्रमा राउतको भूमिका भोजपुरी चलचित्रका चर्चित अभिनेता परदेशी साह देखिएका छन् । चलचित्रका अन्य कलाकारहरुमा पुकार भट्टराई, धु्रव कोइराला, विशाल पहाडी, किरण थापा, राजिव कर्ण लगायतको अभिनय रहेको छ ।  ‘डा. सिके राउत : द प्यासन’ नेपाली, भोजपुरी र हिन्दी भाषामा बनेको छ । चलचित्र कात्तिक १५ गते प्रदर्शनमा आउँदैछ । 

 

बादशाह जुट

 

जोनी सिंह राणा निर्देशित चलचित्र ‘बादशाह जुट’ मा सुशील श्रेष्ठ रोबिन तामाङ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

चलचित्रमा नायिका प्रियंका कार्की पनि विशेष भुमिकामा देखिएकी छिन् । एच एण्ड बि फिल्मस् प्रा.ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । दुई राजाको कथामा निमार्ण भएको ‘बादशाह जुट’ मा भोजराज श्रेष्ठको लगानी रहेको छ । चलचित्र कात्तिक १५ गते प्रदर्शनमा आउँदैछ । 

 

पोइ पर्यो काले

 

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रलाई  दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् ।चलचित्र कार्यकारी निर्माता अमलादेवी राई रहेकी छिन् भने चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका छन् । चलचित्र कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मान्नधर, किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

लक्ष्मी रानी 

 

नारी विषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र हो  ‘लक्ष्मी रानी’ ।  नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो  ‘लक्ष्मी रानी’ । चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापन देखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको कुराहरुलाई देखाउन खोजिएको छ ।चलचित्रको निर्माण तथा कथा लेखन स्वंय थापाले गरेकी हुन् ।

 

शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साह, श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी  चलचित्रको मुख्य भुमिकामा देखिएका छन् । चलचित्र कत्तिक ८ गते प्रदर्शनमा आउँदैछ । 

 

सरौंतो

 

हरि हुमागाईको निर्देशनमा बनेको चलचित्र हो  ‘सरौंतो’ । चलचित्र बदलाको वरिपरी घुमेको कथा हो । चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवांगम शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, मनोज तामाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

 

चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोशिस क्ष]त्रीको संगीत रहेको छ । 

 

माछा माछा

 

पछिल्लो समय नेपाली चलचित्रमा अपहरण, ठगी र लुटपाटका घटनालाई कथा बनाएर पस्कने क्रम बढेको छ । यस्तै, नयाँ चलचित्र ‘माछा माछा’ मा पनि अपहरण, ठगी र लुटपाटका घटनालाई नै मुख्य कथा बनाइएको छ । चलचित्र २९ कात्तिकमा मुलुकका सिनेमा हलमा रिलिज हुँदैछ । चलचित्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा देखिएका छन् । चलचित्रलाई सुनिल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रका लेखक पनि सुनील नै हुन् ।

 

तीन जना गाउँले युवकले सहरमा आएर गर्नुपरेको संघर्षको कथामा चलचित्र केन्द्रित रहेको छ । चलचित्रमा सौगात, विजय, अनोज, नम्रता श्रेष्ठ, प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धु्रव कोइराला, वसन्त भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टले निर्माण गरेको हो । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले यो चलचित्रमा लगानी गरेका छन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठको छायांकन छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार