• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

बिग बोसलाई ब्रेकको आवश्यक छैन : सलमान खान 

मुम्बई । बिग बोसको नयाँ सिजन सुरु भएको छ । यही सिलसिलामा अभिनेता सलमान खान र केही सेलिब्रेटीहरूले हालै मुम्बईमा  प्रेस सम्मेलन पनि गरे । बिग बोसको लागि दादा भाई नौरोजी नगर, अन्धेरीको मेट्रो डकयार्ड स्थल छनोट भएको छ । सलमानको सववेमा प्रवेश केही बेग्लै थियो जुन कुनै फिल्म भन्दा कम थिएन। हालै अभिनेता, अमिताभ बच्चन र अक्षय कुमारले सोशल नेटवर्किङ्ग  साइटहरूमा मेट्रोको बारेमा केही कुराहरु कोरिसकेका छन् ।

 

त्यस्तो अवस्थामा सलमानको मेट्रोमा आउनु संयोग हो ? के उनीहरू मेट्रो परियोजनालाई पनि समर्थन गर्छन् ? यही कुराहरुलाई ध्यानमा राख्दै  सलमानलाई सोधियो कि तपाईको शो यसपटक मेट्रोमा आधारित हुनेछ हो । के हामीले त्यस्तो आशा राख्नु उचित हुनेछ ?
    

यसको प्रतिउतरमा सलमानले भने कि बिग बोस  यसपटक मेट्रोमा आधारित छैन तर गतिको कारणले यो मेट्रोको आधार लिएको भने हो । बिग बोसमा पक्कै पनि यसपटक गतिको कुरा भने हुनेछ । 

 


    

सलमानले थपे, 'यद्यपि यो मेरो पहिलो पटक हो । आजसम्म मैले मेट्रोमा यात्रा गरेको थिइन। मलाई मेट्रोको यात्रा साह्रै रमाइलो लाग्यो।  मेट्रोमा  एसी र  ढोका पनि थियो जे भए पनि मलाई पनि रेलमा ढोका हुनुपर्छ भन्ने लाग्छ। जसरी गाडिमा सिट बेल्ट सुरक्षाको लागि हुन्छ मेट्रोमा पनि ढोका हुन जरुरी छ ।  मेट्रोमा पनि सिट बेल्टहरू हुनु पर्छ।  सुरक्षाको लागि यो आवश्यक छ। ' शो पहिलो पटक लोनावालामा शूट गरिएको थियो। अब भने शो मुम्बई आइपुगेको छ। आइफा पनि मुम्बईमा नै सम्पन्न भएको थियो । यी कारणले पनि  मुम्बईको महत्त्व झन् बढेको छ।                                    

 

हसिँलो मुस्कानका साथ सलमानले भने पैसाको कारण यो भएको हो । लोनावालामा जुन सेट राखिएको छ त्यो एकदमै ठुलो छ । यसको लागि धेरै पैसा खर्च पनि भएको छ । कम्तिमा पनि ८०० जना व्यक्ति कार्यक्रम निर्माणमा संलग्न थिए। त्यसपछि मान्छे भुइँको काम गर्न लागे। यी कारणहरूले गर्दा , खर्च यति धेरै भयो  कि निर्माणमा  लागत धेरै  लाग्यो । यसैले पनि यसको सुटिङ  मुम्बईमा सारिएको हो।


 

  

जब बिग बोससँग सम्बन्धित व्यक्तिहरूले पहिले नै मुम्बईमा ठूलो ठाउँ खोजेका थिए, तब तिनीहरूले भेटेनन्। तर अब यो सम्भव भयो । खराब कुरा यस्तो देखिन्छ कि लोनावाला जस्तो हिल स्टेशनमा बिग बोसको शूटको कारण होटल वा खाने ठाउँहरूमा मानिसहरू आवागमनमा वृद्धि भएको थियो जुन अब नभएको हुनसक्छ। यसले व्यक्तिहरूको व्यवसायलाई पक्कै असर गर्छ।
    

पछिल्लो १० वर्ष देखि तपाई बिग बोस संचालन गर्दै आउनु भएको छ , 'आज विश्वास लाग्छ तपाइलाई ? सलमान भन्छन्  म दश वर्ष देखि यसमा संलग्न छु भन्ने मलाई अझै पनि बिश्वास लाग्दैन । प्रत्येक चोटि यस्तो देखिन्थ्यो कि यसपटक हुन्छ र त्यहाँ अर्को प्रदर्शन हुने छैन । यसपटक पर्याप्त भयो भन्ने हुन्छ तर हरेक पटक यो कार्यक्रम आउँछ र म यो कार्यक्रम संचालन गर्छु । प्रत्येक पटक कलर्सको कार्यक्रममा केही नयाँ हुन्छ र शो अगाडि बढ्छ । कलर्सको आफ्नै टोली छ  जसमा शो मा विभिन्न प्रकारका व्यक्तिहरू समावेश गर्छन् । हो, यस्तो बेला यस्ता मानिसहरू पनि आए जसले खीरमा नुनको स्वाद  घोले  र स्वाद परिवर्तन गरिदिए । '

 


    

तपाईलाई यस शो ले दस का दम जस्तै ब्रेक लिनुपर्छ भन्ने कहिले महशुस भयो ? सलमान भन्छन्, 'कहिल्यै भएन । र यो आवश्यक पनि छैन प्रोडक्शन हाउसको आफ्नै अन्वेषकहरू छन् जसले भन्छन कि शो राम्रोसँग चलेको छ र दर्शकले पनि रुचाएका छन् । बिग बोस अन्य भाषाहरू जस्तै बंगाली, मराठी, तामिल र अन्य धेरै भाषाहरूमा प्रसारित हुन्छन् र सबै शो  हिट छन् । यी व्यक्तिहरूले  मानिसहरूलाई यति धेरै छनौट गरेर ल्याउँछन् र मेरो काम यो हुन्छ कि जब यी घर पुग्छन् उनीहरूले आफ्नो काम गर्न न सकुन्। मैले यी कामहरू सम्हाल्नु पर्छ। '

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार