• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

यसपटक ‘पलेँटी शृङ्खला’ मा डा.सुमन थापा

काठमाडौं  । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा डाक्टर  सुमन थापाले गीत सुनाउने भएका छन् । सुमन पेशाले नेत्र(विशेषज्ञ हुन् तर उनी गिटारमा औंला चलाउँदै गाउन औधी रुचाउँछन् । आफैँ गीत लेख्छन् र धुन पनि भर्छन् ।

 

नब्बेको दशकमा ‘बाइपास’ समुहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडी बढाएका सुमन, हाल ‘ब्ल्यू फ्रेट’ नामको सांगीतिक समूहमा क्रियाशील छन् । यसपाली भने उनी पलेँटीका वाद्यवादकहरूसँग गायन अभ्यासमा जुटेका छन् ।
 

प्राय अँग्रेजी भाषामा गीत, लेख्ने र गाउने सुमन थापा यसपाली पुरै नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन् । पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको जानकारी गराएको छ ।
 

यसपालीको पलेँटीका निम्ति धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन् । प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् । यसपालीको पलेँटी पश्चिमी शैलीमा गाउने सुमन, ठेट नेपाली पारामा लेख्ने श्रवण र विभिन्न शैलीका सांगीतिक प्रयोग अपनाउने आभासको त्रिवेणी पलेँटी हुनेछ ।
 

तिलगंगा आँखा अस्पतालसँग आवद्ध थापा काठमाण्डौका बासिन्दा हुन् । उनले ‘एक एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरहरुमा सहभागि भइ देशका विभिन्न जिल्ला भ्रमण गरेका छन् । उनले हालसम्म मोतिविन्दू र जलविन्दूका ५० हजारभन्दा धेरै सल्यक्रिया गरिसकेका छन् । शिविर-यात्राका क्रममा डाक्टर सुमनले अनेकौं अनुभव र अनुभूति संगालेका छन् । पलेँटीमा गीत सुनाउने क्रममा सुमनले आफ्ना तिनै अनुभव र अनुभूतिलाई समेत बाँड्ने छन् ।
 

नेपालयको आरशालामा पलेँटीका निम्ति गिटार समातेर नयाँ धुन अभ्यास गरिरहेका सुमन भन्छन्( ‘पलेँटीमा गाउने कुराले म एकदमै उत्साहित छुस श्रवणजीले लेख्नु भएका गीत र आभासजीले भर्नु भएका धुनले मलाई रमाइलो नसा लगाएका छन् । यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैँचा हो ।‘ प्रतिक्रिया दिएर उनी गीत गुनगुनाउन थाले- ‘किन बोल्नु बोल्दिन मस बोल्छ आँखाले, पत्तै नपाई यो मनपेट खोल्छ आँखाले’ 
 

घाँटीमा भिरेको हार्मोनिकाबाट धुन निकाल्दै डक्टार सुमन आफ्नो सन्देश प्रवाह गरिरहेका सुनिए( ‘ओ पासाङ दाइस ओ बैनी फूलमतिया १ पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु, तिमीलाई सुन्दर संसार देखाउन ।‘
 

रिहर्सल सकेर अकेस्टिक गिटार बक्समा बन्द गरिरहेका सुमनलाई अस्पताल पुगेर अप्रेसन गर्नु छ त्यसैले उनी हतारमा देखिन्थे । ‘आर’शालाबाट बहिरिँदै गर्दा उनले भरखर अभ्यास गरेको अर्को गीत गुनगुनाए( ‘हतार छ एकदम हतार छ ।‘
 

‘यसपालीका सृजनाले भिन्दै अनुभूति गराइरहेका छन् । श्रवणजीको गीति लेखनको सरलताको सौन्दर्यलाई सुमनजीको स्वरमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ । ‘संगीतकार आभासले भने ।
 

यही कार्तिक महिनाको ८ र ९ गते हुने कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले गायक सुमन थापाको पेशा र सांगीतिक जीवनको सेरोफेरोमा रहेर सम्वाद गर्नेछन् ।

 

कालिकास्थानस्थित ‘आर’ शालामा आयोजना हुने पलेँटीमा डक्टर सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर कुमार महर्जनले साथ दिनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार