• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ अब चलचित्रमा 

काठमाडौं ।  हास्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ मा अब चलचित्र निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो । पन्त प्रोडक्सनद्वारा निर्माण हुने चलचित्रलाई वरिष्ठ कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्दैछन् ।

 

तिहारपछि फिल्मको छायांकन सुरु हुने चलचित्र ड्रामेडी जनरामा निर्माण हुनेछ । चलचित्रले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र हतारोसँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुलाई उठान गरिएको चलचित्रको निर्माण पक्षले जनाएको छ ।

 

चलचित्रमा ‘हिजो आजका कुरा’ का शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाकै मुख्य भूमिका रहनेछ । यस्तै, नितेशराज पन्त, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधीकारी, सविन शाक्यलगायतको चलचित्रमा अभिनय रहनेछ।

 

अशोक घिमिरे सह–निर्माता रहेको चलचित्रको छायांकन छटपछि सुरु गरिने जनाइएको छ । काठमाडौं र चितवनमा चलचित्रको छायांकन हुनेछ। चलचित्र आउँदो वैशाखसम्ममा प्रदर्शनमा ल्याउने निर्माण टीमको योजना छ। चलचित्रमा संगीत हर्कुलस बस्नेतको रहनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार