• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

चितवनसँग ललितपुर ८९ रनले पराजित

काठमाडौं । चितवन राईनोजले महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग ९डब्लुसीएल० मा लगातार दोस्रो जित हात पारेको छ । 

 

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गर्दै चितवनले दोस्रो जित निकालेको हो । चितवन राइनोजका लागि रितुु कनोजियाले  ५८ रनको योगदान दिइन् । उनले ५५ बलमा ८ चौकाको सहायताले ५८ रन बनाउन सफल भएकी हुन् । यसैगरी प्यारी चौधरीले २२ रनको योगदान दिइन् । काजल श्रेष्ठले १५ रन बनाइन् भने इन्दु बर्माले १० रन बनाइन् ।

 

ललितपुरकी नेरी थापाले सर्वाधिक १७ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।  चितवनकी कविता गौतमले ३ विकेट लिइन भने यस्तै ऋतु कनोजियाले २ विकेट लिएकी थिइन । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १३५ रन बनाएको थियो । चितवनका लागि ऋतु कनोजियाले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५५ बलमा ८ चौका प्रहार गरिन् ।

 

यस्तै प्रिया चौधरीले अविजित २२ रन जोडिन् । त्यस्तै काजोल श्रेष्ठले १५ तथा इन्दु बर्माले १० रन जोडिन् । जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ । चितवन लिगको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा चितवनले क्वाट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।

 

यता ललितपुरको यो लगातार दोस्रो हार हो । ललितपुर पहिलो खेलमा विराटनगर टाइटन्ससँग ४ विकेटले पराजित गरेको थियो । ललितपुरले आइतबार काठमाडौंसँग खेल्नेछ । तस्वीर : हाम्रोखेलकुद 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार