• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
प्रवास

एनआरएनए अध्यक्षमा कुमार पन्त निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

 

हिजो सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १३५ मतले पछि पार्दै  उनी अध्यक्ष चुनिएका हुन् । उनले १०९४ मत प्राप्त गरे भने आचार्यले जम्मा ९५९ मत पाए।

 

उपाध्यक्षमा पन्त समूहबाट अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र आचार्य समूहबाट मन केसी र रविना थापा निर्वाचित भएका छन् ।

 

महासचिवमा पन्त समूहका हेमराज शर्मा चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ तथा सचिवमा गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। जोशी आचार्य समूहका हुन् । सह-कोषाध्यक्षमा आचार्य समूहबाटै लोक दाहाल निर्वाचित भएका छन्।

 

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै सकिएको छ । दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २५ सय ७० मतदाता रहेकोमा २३ सय ४० मत खसेको थियो ।

 

गोरखा फुजेलका स्थायी बासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन्। उनी यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष रहिसकेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार