• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

कल्पना र उर्मिलाको दुःख कसले सुन्ने ?

फ्रेसन्युज संवाददाता, काठमाडौं । यदी कसैलाई कुनै समस्या हुन्छ भने त्यसको समाधान नजिकका मानिसहरुसँग संगै बसेर समाधान खोज्ने एउटा तरिका हो, कचहरी नाटक । यदी त्यो कसैले भोगिरेको समस्या होस् या कसैले उब्जाएको समस्या किन नहोस् ।

 

निर्देशक अगस्टो बोआलद्धारा करिब ५० वर्ष देखि अम्यासमा ल्याइएको यो शैलीलाई अंग्रेजीमा फोरम थिएटर भनिन्छ । आजकल यो शैलीको अम्यास बिश्वको करिब सय भन्दा बढि देशमा शुरु भइसकेको छ । करिब १९ वर्ष अघि आरोहण गुरुकुल र एमएस नेपाल नामक सँस्थाले यस किसिमका नाटकको अभ्यास शुरु गरेका थिए । त्यसपछि बिस्तारै नेपालका अन्य नाट्य समुहले पनि कचहरी नाटक गर्न थाले । 

 

के साच्चै ‘कल्पना र उर्मिला दुःखमा छन्’ त, यही प्रश्नको जवाफ खोज्न शिल्पी थिएटरका टोली अहिले ‘शिल्पी नाट्य यात्रा २०७६’ लिएर नेपालका बिभिन्न जिल्लाहरुको दौडाहामा छन् । सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, बर्दिया, कन्चनपुर, सुनसरी र मोरङमा नाटक मार्फत यस प्रश्नको जवाफ खोजिँदै छ् । 

 

कलिलो उमेरकी कल्पनालाई बिहे गरेको केही महिनामा नै श्रीमान हर्कबहादुर छाडेर बिदेश जान्छन् । श्रीमान बिदेश गएको दुई वर्ष बित्दा पनि फर्कने नामोनिशान लिदैनन् । श्रीमानको पर्खाइमा कल्पना गाउँमा कसरी बसेकी होलिन् ? कल्पनालाई खाना लगाउन र बस्न घरले दिएर मात्र पुग्छ होला  ? तर उनलाई यी सबैकुरा भन्दा पनि श्रीमान नै पहिला चाहिएको छ । 

 

बिदेशमा दुःख खेपिरहेको हर्केलाई आफनो गाउँ, बुबा–आमा र श्रीमती छाडेर टाडा हुँदा मनमा कस्तो भइरहेको होला ? कति सम्झन्छन् होला उनी श्रीमतीलाई ? बुढा बिदेश र बुढी गाउँमा, यसले श्रीमान श्रीमती बिचमा कति शंका उव्जाउँछ होला ? श्रीमान बिदेशमा भएका श्रीमतीहरुलाई गाउँघरमा बस्न कतिको सहज छ होला ? 

 

स्कुल पढ्दा पढ्रदै किन किशोरीहरुको बालबिवाह गरिदिइन्छ ? यस्तोमा के छोरीहरुले पढ्न चाहना राखे भने पढ्न पाउँछन् ? १६ वर्ष कि उर्मिला १७ वर्षको गोपुसँग किन भागेर गई ? सानै उमेरमा बिवाह गरिदिँदा बच्चा जन्माउन कत्ति समस्या हुन्छ होला ? 

 

यीनै कुराहरुलाई समेटिएको नाटकमा प्रश्नै प्रश्न र समस्या नै समस्याको भण्डार छ । नाटक सकिन्छ र नाटकको कथामा दुख पाएकी कल्पना र उर्मिलाहरुले के के गरे भने दुखबाट मुक्ति पाउँछन् होला भन्ने प्रश्नहरु सोझिन थाल्छन् । उनीहरुको दुख कसले सुन्ने ? उनीहरुलाई परेको जस्तै दुख हामीलाई पर्यो भने के गर्ने ? 

 

यही प्रश्नहरुको उत्तरको खोजीमा हिडेको छन्, शिल्पी थिएटरका कलाकार टोली । मञ्जु श्रेष्ठ, पवित्रा खड्का, संगिता उराँव, स्मारिका फुँयाल, नम्रता अर्याल, सविन कट्टेल, झकेन्द्र बि.सि, मानहाङ लावती, रबिन परियार, गोविन्द ओली, ज्याक बराल र हिमाल भुजेलको नाटकमा अभिनय रहेको छ । नाटकमा प्रत्यक्ष संगीत अमजद प्रवेज र स्मारिका फुयालको रहेको छ । 

 

‘कल्पना र उर्मिला दुःखमा छन्’ । कक्षा १० मा पढ्दापढ्दै आफ्नो कक्षाकै एक युवकसँग प्रेममा परी भागी विवाह गरेपछि उनीहरुको जिन्दगीमा आउने उतारचढावलाई नाटकमा देखाउन खोजिएको छ । नाटकमा १६ वर्षिय चुलबुले केटीको कथा समेटिको छ । नाटक महिला हिंसामा आधारित छ । नाटकमा फोटो र भिडियोको अभिलेख जीवन आलेले गरेका छन् भने नाटकको सुत्रधार घिमीरे युवराज हुन । नाटक यात्रा कात्तिक २४ गतेसम्म चल्नेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार