• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

कांग्रेस–फोरम समायोजन अस्थिर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराउनुभएको छैन।

 

आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसक्नुभएको छ। यही असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्यविधि पारित गरेको थियो।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौं।’कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १ सय ४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ।

 

यसअनुसार मोरङमा १ उपसभापति, १ सहसचिव, १५ सदस्य, सुनसरीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, कैलालीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, बर्दियामा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सप्तरीमा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सर्लाही, दाङ, पर्सा र काभ्रेमा १र१ उपसभापति र ७र७ सदस्य, झापा र रूपन्देहीमा १÷१ उपसभापति र ५र५ सदस्य तत्कालीन फोरममा समायोजित हुनेछन्।

 

यस्तै बारा र बाँकेमा १–१ उपसभापति र ३–३ सदस्य, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुरमा १–१ सहसचिव र ३–३ सदस्य, उदयपुर र महोत्तरीमा सहसचिव १–१ र सदस्य २–२ जना फोरममा समायोजित हुनेछन्। काठमाडौं र नवलपरासीमा समायोजन हुनेको संख्या र पद भने तोकिएको छैन।

 

केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेश सभा, प्रतिनिधिसभा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, गाउँ, नगर–वडा, भ्रातृ संघ र शुभेच्छुक संस्थाको कार्यसमितिमा अझै पनि समायोजन हुन सकेको छैन। प्रवक्ता शर्माका अनुसार जिल्लामा समायोजन प्रक्रिया टुंगिन बाँकी छ। सोही कार्यका लागि उपसभापति गच्छदार बुधबार सुनसरीमा रहनुभएको थियो। नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार