• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रवास

गैरआवासीय नेपाली सङ्घको मतदान सकियो

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रिया अन्तर्गत केहीबेर अघि मतदान सकिएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो ।

 

शान्तिपूर्ण रुपमा मतदान सकिएको र केहीबेरपछि मतगणना शुरु हुने सङ्घका महासचिव बद्री केसीले जानकारी दिए । निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो ।

 

नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

 

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् भने जम्मा २३४१ मत खसेका थियो । जसमा २६१ अमेरिकी, ९२० युरोपेली, मध्यपूर्व ४७०, ओसेनीया २१४, एसिया ४७० र अफ्रिकी एनआरएनएले मतदान गरेका थिए । 

 

निर्वाचनको मतपरिणाम राति २ बजे आउने जनाइएको छ भने परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार