• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

सन्दीप टी–टेन लिगमा महँगो मूल्यमा अनुबन्धित

काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने युएईमा हुने टी–टेन लिगमा महँगो मूल्यमा अनुबन्धित भएका छन् । यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

 

जारी डाफ्ट्रमा सन्दीपलाई टी–टेनको फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा भित्र्याएको छ । ड्राफ्टबाट सन्दीपलाई कर्नाटकले पहिलो चरणमा लिएको हो। 

 

सन्दीपले गत सिजन केरला किङ्सबाट खेलेका थिए। टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ ।  कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् । प्रशिक्षक भने टम मुडी छन् ।

 

गत बर्ष पनि सन्दीपले टि– टेन लिग खेलेका थिए । त्यो समय केराला नाइट्सबाट खेलेका उनले  ६ खेलमा ६ विकेट लिएका थिए । द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । यो सन्दीपले पाउने अहिलेसम्मकै महँगो पारिश्रमिक हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार