• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

नेकपालाई कम्युनिस्ट पार्टी जस्तो बनाउन फेरि आन्दोलन जरुरी : प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा कम्युनिष्ट पार्टीजस्तो नभएकोले त्यसलाई कम्युनिस्ट पार्टी जस्तो बनाउन एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्।

 

चितवनमा बिहीबार दशैं, तिहार, छठ लगायतका पर्वहरूको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले  ‘हामी  जीवनको उत्तरार्द्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा भएको बताएका हुन ।’

 

अध्यक्ष दाहालले कम्युनिस्ट पार्टीका नेताहरू सत्तामा नपुग्दासम्म जस्तोसुकै त्याग, बलिदान गर्न तयार हुने तर सत्तामा गएपछि ती कुरा बिर्सँदै जाने भएकाले समस्या भएको बताए । उनले पार्टी सत्तामा पुगेपछि व्यक्ति र पार्टीभित्र अराजकता र गुटले गर्दा समस्या पैदा हुने बताए ।

 

दुईतिहाइ जनमत पार्टीभित्रको एकता प्रदर्शन गरेर नै प्राप्त भएको भन्दै प्रचण्डले अराजकता र अस्तव्यवस्तता कायम रहेमा परिवर्तन उल्टिने डर पैदा भएको बताए । सत्तामा पुगेपछि कम्युनिस्टहरूले आफ्नो दायित्व बिर्सदै जाने गरेको उनले स्मरण गराए। अध्यक्ष दाहालले पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएकोमा चिन्ता व्यक्त गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार