• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

पाकिस्तानलाई पानी नदिने मोदीको चेतावनी 

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई पानी नदिने चेतावनी दिएका छन् ।

 

प्रधानमन्त्री मोदीले हरियाणाबाट पाकिस्तान जाने पानी रोकेर सिँचाइका लागि हरियाणाका किसानलाई दिने बताएका हुन् । यसका लागि काम पनि शुरु गरेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

 

हरियाणाको दादरीमा एक चुनावी र्‍यालीको सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘जुन पानी हरियाणाको किसानलाई मिल्नुपर्ने हो त्यो पानी पाकिस्तान गइरहेको छ । जुन ७० वर्षदेखि भइरहेको छ अब म यस्तो हुन दिनेछैन । यो पानी भारत र हरियाणाको किसानको हो ।’ प्रधानमन्त्री मोदीले यसका लागि काम पनि शुरु गरेको बताएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार