• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
प्रवास

बुधबार स्थगित एनआरएनएको मतदान आज हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि गएराति स्थगित भएको मतदान आज हुदैछ। मतदान गर्ने मेसिन बिग्रिएका कारण हिजो बुधवार मतदान स्थगित भएको थियो । 

 

आज मतपत्र मार्फत विहान १० बजेबाट हुने जनाइएको छ ।  हिजो राती ८ बजेबाट नयाँ नेतृत्व चयनका मतदान शुरू भएपनि विद्युतीय मेसिनमा गडबडी देखिएपछि स्थगित भएको थियो।

 

निर्वाचन ढिला भएकोमा आक्रोशीत प्रतिनिधिले स्थगित भएपछि मतदानस्थल होटल हायातमा तोडफोड समेत गरेका छन्। उनीहरूले निर्वाचन समिति विरूद्ध नारावाजी समेत गरेका थिए।तोडफोड नियन्त्रणका लागि प्रहरी नै परिचालन गर्नुपरेको थियो।

 

नयाँ नेतृत्वको लागी मंगलबार साँझदेखि बुधबार अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका थिए ।

 

यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुने जनाइएको छ । संघको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ । 

 

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि सुरु भएको सङ्घको महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार