• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

जस्मिन पेन्ट्स लिड प्रकरण : छठपछि कारबाही

काठमाडौं । जस्मिन पेन्ट्स प्रालिद्वारा उत्पादित रंगमा अत्यधिक लिड प्रयोग भएको विज्ञ र उपभोक्ताको गुनासो छ भने उत्पादक कम्पनी र गुणस्तर विभागले लिडको प्रयोग सार्वजनिक महत्वको विषय नै नभएको र विगतका समस्यामा सुधार गरिएको दाबी गरेका छन्।

 

जस्मिन पेन्ट्स प्रालिद्वारा उत्पादित पेन्ट्सको क्यालिब्रेसन, अभिलेखन र तौलमा कमी–कमजोरी रहेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमनमा फेला परेको थियो। जस्मिन पेन्ट्सको उत्पादनमा कमी–कमजोरी भेटिए पनि स्पष्टीकरण सोध्ने बाहेक ठोस कारबाही भने भएको छैन।

 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिसिनाले पनि जस्मिन पेन्ट्सलाई छुट दिन नहुने धारणा राख्नुहुन्छ।उहाँ भन्नुहुन्छ– ‘नेपालको संविधान–२०७२ को धारा ४४ को खिलाफ हुने कुनै पनि हर्कत हामी उपभोक्ता अधिकारकर्मीलाई स्वीकार्य हुँदैन। गुणस्तर पूरा नगर्ने जुनसुकै कम्पनीलाई कारबाही हुनुपर्छ। मिडियामा आएको कुराको सत्यतथ्य के हो नापतौल तथा गुणस्तर विभागले सर्वसाधारणलाई जानकारी गराउनुपर्छ।’

 

‘नेपाली मनको नेपाली रङ’ स्लोगनसहित चर्चित अनुहार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायद्वारा विज्ञापन गराएको छ। कम्पनीले २०७४ मा कार, स्कुटर लगायत दैनिकरूपमा हात खाली नजाउने उपहार योजना आगाडि बढाएको थियो।

 

त्यस्तै मुनाफा भन्दा उपभोक्ता हितलाई ध्यानमा दिएको कम्पनीको जिकिर रहेको छ। सन् १९९४ मा स्थापित मनकामना ग्रुप अफ कम्पनीजअन्तर्गत जस्मिन पेन्ट्सको अलावा जगदम्बा प्लास्टिक, सन केमिकल्स, एभोक्याडो इन्टरनेसनल, टाटा मेटल एन्ड क्राफ्ट र मिसिका फाउन्डेसन सञ्चालनमा छन् । नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार