• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

गुपचुप पार्न खोजिएको रौतहट घटना

काठमाडौं । २०६४ सालमा रौतहटमा भएको बम विस्फोटको क्रममा २२ जनाको ज्यान गएको र घाइतेलाई इँटाभट्टा चिम्नीमा राखी जलाइएको घटना त्यतिबेलै गुपचुप पार्न खोजिएको भेटिएको छ ।

 

कर्तव्य ज्यान मुद्दामा मुछिएका प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफताब आलम १२ वर्षपछि पक्राउ परेपछि मिलेमतोमा घटना गुपचुप पार्न खोजिएको भेटिएको हो।

 

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो। रौतहटमा भएको बम बिस्फोट अध्ययन गर्न जाँदा आफूहरुमाथि आक्रमण भएको र घटना रहस्मय भएको एकमहिनापछि मानवअधिकारकर्मीले सार्वजनिक गरेका थिए। घटनास्थलबाट डेढ किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयले बम बिस्फोट बारे थाहै नपाएको जवाफ दिएको थियो। तत्कालै प्रारम्भिक तथ्यको आधारमा सरकारले विज्ञको संलग्नतामा उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्न मानवअधिकारकर्मीले मागसमेत गरेका थिए।

 

२०६४ चैत २७ मा भएको बम बिस्फोटको घटनालगत्तै कसैले पनि अनुसन्धान गर्न सकेका थिएनन्। घटनाको अध्ययन गर्न कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदाय जान सकेका थिएनन्। छानबिनका पुगेका केही मानवअधिकारकर्मीलाई पनि आरोपितले रोकेका थिए।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले घटनाको २७ दिनपछि एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। बम बिस्फोट भएको २० दिनपछि घटनास्थलका बारेमा स्थानीय प्रहरीलाई कुनै जानकारी नभएको, घटनास्थल पुगेर तथ्य बुझ्न खोज्दा आक्रमणको प्रयास भएको थियो । नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार