• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

चियापानले भेटघाटको अवसर जुराउँछ : सभापति देउवा 

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चाडवाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेताहरुलाई नजिक ल्याउन मद्दत गर्ने बताए ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैँ, तिहार लगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्ता कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिए ।

 

पत्रकारसँग संक्षिप्तमा कुरा गर्दै सभापति देउवाले विपी कोइरालाबाट शुरु गरेको कार्यक्रम अहिले सबै पार्टीहरुले आयोजना गर्ने गरेको स्मरण गर्दै चाडवाडमा हुने यस्ता कार्यक्रमले भेटघाटकोे अवसर मिल्ने उल्लेख गरे ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार